ट्रेन्डीङ्ग

सुनवल महोत्सवमा दर्शकको राम्रो साथ

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा संचालित तेस्रो सुनवल महोत्सवले दर्शकको राम्रो साथ पाएको छ।खास गरि साझँको समयमा महोत्वसमा दर्शकको घुइँचो लाग्ने गरेको आयोजक उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।

आर्थिक चलायमान गराउने उद्देश्य सहित विगतको मेला महोसत्वबाट पाठ सिक्दै,सुनवलका स्थानीयको साथ र सहयोगबाट महोत्सव संचालन गरेको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष तथा महोत्वस मुल आयोजक समारोह समितिका संयोजक रमेश कर्माचर्याले बताए।

महोत्वसमा दर्शकहरुको उल्लेख्य उपस्थीति रहेको र ब्यापार समेत सोचे भन्दा राम्रो भईरहेको संघका बरिष्ठ उपाध्यक्ष तथा आर्थिक समिति संयोजक लेखनाथ खरेलले बताए।

महोत्वसमा वच्चादेखि वृद्धसम्म सवैले रुचाउने र सवै उमेर समुहलाई मध्यनजर गर्दै स्थानियदेखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती महोत्सव अवधिभर रहने संघका सदस्य तथा साँस्कृतिक संयोजक रमेश पराजुलीले बताए।

महोसत्वमा १ सय ५० जति स्टलहरु रहेका छन।स्टलहरु व्यवस्थीत र फरक तथा आधुनिक तरिकाले व्यवस्थापन भएका कारण अझै पनि विभिन्न ठाँउबाट स्टलको माग भैरहेको संघका संदस्य तथा स्टल व्यवस्थापन समिति संयोजक कृष्ण गौडेलको भनाई छ।

त्यस्तै महोत्वसको आकर्षणका रुपमा विभिन्न जात जातिका परम्परागत घर तथा परिकारहरु रहेका छन।मसिर २१ गतेदेखि सुरु भएको महोत्सव पुस ४ गतेसम्म संचालन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal