ट्रेन्डीङ्ग

सुनवल महोत्सव:विद्यालय स्तरीय नृत्य प्रतियोगितामा महाकवि,लुम्बिनी र सोमनाथ मावि फाइनल राउन्डमा

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा संचालित तेस्रो महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिताको महाकवि देवकोटा नमुना मावि सहित तीन विद्यालय फाइनल राउन्ड प्रवेश गरेका छ ।

गत मंसिर २१ गतेदेखि संचालित महोत्सवमा भएको मावि स्तरीय नृत्य प्रतियोगितामा ७ मावि सहभागी रहेकोमा महाकवी देवकोटा नमुना मावी, लुम्बिनी माध्यमिक विद्यालय र सोमनाथ बाबा फाइनल राउन्डमा प्रवेश गरेका हुन ।

नवप्रतिभाहरुको पहिचान र क्षमता अभिबृद्दी गर्ने उद्देश्य सहित महोत्सवमा जिला स्तरिय विद्यालय खुल्ला नृत्य प्रतियोगिता गरेको सांस्कृतिक संयोजक रमेश पराजुलीले जानकारी दिए ।

नृत्य प्रतियोगिताको प्रथम ५० हजार ,दोस्रो ३० हजार र तेस्रो १० हजार रुपैया सहित पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal