
सुनवल । पश्चिम नवलपरासीको सुनवल-१२ भुमहिमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन भएको छ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितीको आयोजामा सम्पन्न प्रतियोगितामा बुटवल डोजाङ्गले प्रथम स्थान हासिल गरेको छ ।
क्यारोगी र पुम्से गरि दुइ विधामा प्रतियोगिता बुटवलले पुम्सेतर्फ १४ स्वर्ण,२ रजत १ काश्य पदक गरि सहित प्रथम भएको हो । त्यसैगरि तिलोत्तमा डोजाङ्गले ७ स्वर्ण ६ रजत र ३ काश्य गरि दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी ६ स्वर्ण ३ रजत र १५ काश्य गरि हाइकिकर डोजाङ्ग परासीले तेस्रो स्थान हासिल गरेको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपन कुमार केवटले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ रामनगर डोजाङ्का अकित सहानी प्रतियोगिताको वेस्ट क्यारोगी घोषित भएका थिए भने महिलातर्फ वेस्ट क्यारोगी बुटवल डोजाङकी खेलाडि अनुश्का तामाङ घोषित भएकी छिन।
प्रतियोगितका विभिन्न उमेर समुहका प्रथम दोश्रो र तेश्रो विजेता खेलाडिले मेडल र प्रमाणपत्र पाएका छन् ।
लुम्विनी प्रदेश भित्रका ८ जिल्लाका विभिन्न २१ डोजाङ्को सहभागिता रहेको प्रतियोगितामा १२ वर्ष माथिका उमेरका समुहका पुरुष तथा महिला गरि २ सय ८५ खेलाडिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रदेश सासद खडग बस्नेतको पहल र प्रदेश सरकारको सहयोगमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितिले आयोजना गरेको उक्त प्रतियोगिता योङ्ग गोर्खाली समन्वयमा तिन दिनसम्म भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा संचालन भएको थियो ।