ट्रेन्डीङ्ग

रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा

सुनवल । पश्चिम नवलपरासीको भुमहीमा हुने प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको छ । प्रदेश स्तरीय तेक्वान्दो समितिको आयोजानामा आज मंसिर २४ गतेदेखि भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता पूरा भएको आयोजकले जनाएको छ ।
लुम्बिनी प्रदेशका ८ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समुहमा पुरुष तथा महिला गरि २ सय ८५ बढी खेलाडीले नाम दर्ता गराएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजक समितिका अध्यक्ष तपन कुमार केवटले जानकारी दिए । आइतबार पहिलो दिन खेलाडीलाई स्वागत कार्यक्रम रहेको र भोलि मंसिर २५ गते उद्घाटनका लागी लुम्बिनी प्रदेशका सभामुख तुलाधर घर्ती मगर गरि प्रतियोगिता सुरु गरिने आयोजकले जनाएको छ ।

प्रदेश सांसद खड्क बस्नेतको पहलमा सांसद विकासको अन्तर्गत खेलकुद कार्यक्रम अन्तरगर्त प्रदेश सरकारको सहयोगमा हुन लागेको प्रतियोगिता हो ।
टीममा शिर्ष तिन स्थान हात पार्नेले क्रमश : टफ्री सहित प्रथमलाई गोल्ड मेडल र प्रमाण पत्र , दोश्रोलाई सिल्भर र प्रमाण पत्र साथै तेश्रो हुनेलाई कास्य र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट क्यारुगी , अनुशासित खेलाडीलाइ आकर्षक पुरस्कार रहेको छ ।
योंग गोर्खाली क्लब र रामनगर तेक्वान्दो एकेडेमी समन्यवमा प्रतियोगिता भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने समितिका उपाध्यक्ष बिष्णु पौडेलले जानकारी दिए। प्रतियोगिताको मिडिया पार्टनर सफल पोष्ट रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal