ट्रेन्डीङ्ग

देवकोटा माविले लैङ्गकि हिंसा विरुद्ध प्रभात फेरि सहित अन्तरक्रिया कार्यक्रम गर्‍यो

सुनवल । लैङ्गकि हिसा विँरुद्ध १६ दिने अभियान अन्तर्गत महाकवि देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल ४ ले प्रभातफेरी सहित अन्तरक्रिया कार्यक्रम गरेको छ ।

विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरि सुनवल चोक पुगि पुन:विद्यालयमा फर्किए लगत्तै लैगिक हिसा विरुद्धको अभियानका बारेमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रिया कार्यक्रम बिधालयका प्रध्यानाध्यापक खेमलाल जोशी शर्माको अध्यक्षता तथा बिधालय ब्यवस्थापन समिती अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै ब्यवस्थापन समिती अध्यक्ष अर्यालले लैङ्गकि हिसा विरुद्ध अभियानको अवसरमा ११/१२ का कानुन पढ्ने विद्यार्थीहरुको संयोजनमा सचेतनात्मक तथा शिर्जनात्मक कार्यक्रम गर्दै समग्र समाजलाईनै आगामी दिनमा पनि सचेत गराउनु पर्ने बताए ।


कार्यक्रममा बिधालयका प्रध्यानाध्यापक खेमलाल जोशी शर्मा, शिक्षक अभिभावक संघ सदस्य धनेश्वर कवर, शिक्षक रुकमागत बस्याल, बिद्यार्थीहरु अकेला गुरुङ, सुरुची यादब, ममता नाउ, सरस्वती खवास लगाएले लैङ्गकि हिसा विरुद्धको बारेमा आ-आफ्नो धारण राख्नुभएको थियो ।


कार्यक्रम स्वागत मन्तव्य विद्यार्थी कमला न्यौपानेको रहेको थियो भने कार्यक्रम संचालन विद्यार्थीद्वय शंकर अर्याल र अपेक्षा ढकाल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal