ट्रेन्डीङ्ग

परासीबाट लागू औषध सहित एक जना पक्राउ

परासी । प्रहरीले पश्चिम नवलपरासीको रामग्राम-४ केरवानीबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान महेशपुरबाट परासीतर्फ आउदै गरेको ३ जना सवार लु ६४ प ३७८७ नं. को मोटरसाइकललाइ नियमित चेकजाँचका क्रममा पाल्हिनन्दन-४ लोहरौलीका २१ वर्षीय सागर गुप्तालाइ लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पश्चिम नवलपरासी डिएसपी एव सुचना अधिकारि रेशम बोहोराका अनुसार पक्राउ परेका गुप्तालाई चेकजाँचका क्रममा बुप्रेनोर्फिने १९६ एम्पुल, डिअजेपम १९८ एम्पुल, फेनेर्गन् १९८ एम्पुल, हिरोईन जस्तो देखीने खैरो पदार्थ १२ ग्राम फेला परेकाले बताए ।

 गुप्ता र बरामद मोटरसाईकललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखिएको र फरार रहेका अन्य २ जनाको खोजतलास तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?