ट्रेन्डीङ्ग

विज्ञान प्रदर्शनीमा महाकवि देवकोटा नमुना मावि प्रथम

सुनवल।सुनवल नगरपालिकाका माध्यमिक विद्यालयहरुको विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम २०८० मा महाकवि देवकोटा नमुना मावि प्रथम भएको छ ।

दिगो र शान्तिपुर्ण समाज निर्माणका लागी साक्षरताको प्रर्वद्धन भन्ने मुल नाराका साथ महाकवि देवकोटा नमुना माविको अयोजना र सुनवल नगरपालिकाको संयोजनमा विज्ञान प्रदर्शनी प्रतियोगीता गराइएको हो ।

विज्ञान प्रदर्शनी प्रतियोगीतामा जगन्नाथ माध्यमिक विद्यालय दोस्रो र धान्याञ्चल मावि तेस्रो र रमवापुर माविले सान्तोना स्थान हासिल गरेको छ ।

विज्ञान प्रदर्शनी प्रतियोगीतामा सुनवल नगरपालिका भित्रका १२ विद्यालयहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?