ट्रेन्डीङ्ग

कांग्रेस नेता डा.शेखर कोइराला र डा.चन्द्र भण्डारीद्धारा देवकोटा माविको अवलोकन

सुनवल । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला डा.चन्द्र भण्डारी लागाएतको टोलीले सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयको अवलोकन गरेको छ ।

पश्चिम नवलपरासीकै उत्कृष्ट विद्यालयका रुपमा रहेको देवकोटा नमुना मावीेले गरेका असल अभ्यास र सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको विज्ञान प्रदर्शनी लगाएत विद्यालयको भौतिक र शैक्षिक अवस्थाको वारेमा अवलोकन गरेको हो ।

अवलोकन टोलीमा प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका नेता दिपक गिरि,कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुन,संविधान सभा सदस्य विक्रम खनाल,नेपाली कांग्रेसका जिल्ला सभापति तथा विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष अर्जुन पोखरेल, सुनवल नगरपालिकाका पुर्व मेयर भिम बहादुर थापा लगाएतको टोलिले अवलोकन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानहरी अर्यालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?