ट्रेन्डीङ्ग

पाल्पाको सत्यवती मेलाबाट १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ भेटी संकलन

पाल्पा । पाल्पाको सत्यवती तालमा लागेको मेलाबाट यो बर्ष १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ भेटी संकलन भएको छ । 

मंसिर ७ गते देखि ११ गतेसम्म चलेको मेलामा सो रकम संकलन भएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाहाले बताए ।

उनँका अनुसार अघिल्लो वर्ष २१ लाख ८४ हजार मेलाबाट आम्दानी भएको थियो । पहिले मेलामा मात्र खुल्ने मन्दिर पछिल्ला वर्षमा भने सत्यवती तालमा बाह्रै महिना दर्शनार्थीहरु दर्शन गर्न पुग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाहाले जानकारी दिए ।

कात्तिक महिनामा पूर्णिमा पर्ने बर्ष र सत्यवती बज्यैको दर्शन गर्ने जोग पर्ने भएकोले दर्शनार्थी तालमा पुग्ने गर्छन । बज्यै बहिरी भएकाले चिच्च्याएर बर माग्ने गरिन्नछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal