ट्रेन्डीङ्ग

विद्यालयलाई मन्दिर र विद्यार्थीलाई भगवानका रुपमा लिए शैक्षिक गुणस्तर वृद्धि हुन्छ : सांसद वस्नेत

सुनवल । लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेतले विद्यालयलाई मन्दिर र विद्यार्थीलाई भगवानका रुपमा लिए सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि हुने बताए ।

पश्चिम नवलपरासी सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा भएको सिकाई आपुरण तथा दु्रत सिकाई योजनामा आधारीत टोल शिक्षा समितिको अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य वस्नेतले विद्यालय मन्दिर र विद्यार्थी भगवानका रुपमा लिन अभिभावकहरुलाई आग्रह गरेका थिए  । साथै सभा सदस्य वस्नेतले आफ्ना वालबालिकाको भविष्य प्रति सचेत रहनुपर्नेमा समेत जोड दिए  ।

समग्र शैक्षिक गुणस्तरमा अभिभावकको महत्वपुणर् भुमिका हुने विद्यालय व्यवस्थापन समिति महासँघ सुनवल नगर अध्यक्ष सुर्य न्यौपानेले बताए ।

त्यस्तै उमेर पुगेका सवै वालवालिकाहरु विद्यालय वाहिर हुन नहुने भन्दै उमेर पुगेका वालवालिकाहरुको समस्याका वारेमा समेत टोल शिक्षा समति सचेत रहनु पर्ने सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिले बताए  ।

शैक्षिक र भौतिक अवस्थाको सुधार गर्दै अगाडी वढेको महाकवि देवकोटा नमुना माविले संस्कार सहितको नैतिक शिक्षा सुरु गर्ने र सहजीकरण गर्नका लागी सवै विद्यालयहरु र अभिभावकहरु सँग समेत हातेमालो गर्न तयार रहेको देवकोटा नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताए  ।

टोल शिक्षा समितिहरुको एक दिने अभिमुखिकरण कार्यक्रममा टोल शिक्षा समितिको भुमिका का वारेमा सहजीकरण गर्दै नगर शिक्षा शाखा प्रमुख विण्णु गोतामेले अवका दिनमा शैक्षिक गुणस्तरका लागी अभिभावकहरु सचेत र सजग हुनुपर्ने बताए  ।

अभिमुखिकरण कार्यक्रममा सुनवल नगरपालिकाका ३५ सामुदायिक विद्यालयका २ सय ३७ टोल शिक्षा समितिका प्रतिनिधिहरुको उपस्थीति रहेको शिक्षा अधिकृत पशुपति भट्टराईले जानकारी दिए  ।

टोल शिक्षा समतिहरुको १ दिने अभिमुखिकरण कार्यक्रम सुनवल नगरपालिकाको अयोजना तथा महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयको संयोजनमा संचालन भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?