ट्रेन्डीङ्ग

बाबा बर्दगोरियालाई सांस्कृतिक तथा धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नेमा जोड

सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ केरवानीमा रहेको बाबा बर्दगोरिया मन्दिर  धाम बिकासको चौथो साधारणसभा सम्पन्न भएको छ । बिकास धामका अध्यक्ष नरपती पाण्डेको अध्यक्षता तथा सुनवल नगर उपप्रमुख सुर्य प्रसाद दुवेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख दुवेले धामको बिकासले यस क्षेत्रकै इतिहासकि पहिचानको भुमिका खेलेको बताए । दुवेले धामलाई सांस्कृतिक तथा धार्मिक पर्यटकिय क्षेत्रको बिकास गर्दे अगाडि बढ्ने बताए ।

त्यसैगरी सुनवल नगरपालिकाका वडा १३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्ण प्रसाद बगालेले समाजले सामुहिक अपन्त्व लिए मात्र बिकास गर्न सहज हुने बताए । वडा नम्बर ११ का अध्यक्ष कमल चुवाईले बर्दगोरियाको बिकासका लागि समिति र स्थानीय सरकार एक भएर काम गर्नु पर्नेमा जोड दिदै यस क्षेत्रको बिकासका लागि बृहत गुरु योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष चुरामणी पौडेल (दिपक),यातायात कार्यलय परासीका प्रमुख मुक्ति प्रसाद पाण्डे ,पेउ नारायण न्यौपाने,धार्मिक व्यक्तितब निमप्रसाद न्यौपाने,रामनगर बृहत खानेपानी आयोजनाका अध्यक्ष बिष्णुप्रसाद अर्याल लगायतले बर्दगोरियालाई धार्मिक तथा सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताए।

सस्थाका सदस्य उदयराज डुम्रेको स्वागत र सचीव लेखनाथ ढकालको संचालनमा भएको थियो ।

सोही कार्यक्रममा भुमही निवासी निम प्रसाद न्यौपानेले बर्दगोरिया मन्दिर परिसरमा पशुपतिनाथ मन्दीर निर्माणका लागी ७० लाखको आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ । जसमध्य ४५ लाख मन्दिर निर्माणका लागी आजै हस्तान्तरण गर्नु भएको हो भने बाकी २५ लाख मन्दिर निर्माण सम्पन भए पश्चात् हस्तान्तरण गरीने नेम प्रसाद न्यौपानेका छोरा पेउ नारायण न्यौपानेले जानकारी दिए।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष नरपती पाण्डे , सचीवको प्रतिवेदन सचीव लेखनाथ ढकाल , कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष दुर्गादेवी भुर्तेल र लेखा प्रतिवेदन हुमनाथ सुवेदीले प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal