
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा यहि मंसिर ९ गते १ करोड दिप प्रज्वलन हुने भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुर्मास सत्सगं २०८० को अवसरमा अष्टदश महापुराण कथा प्रवचन ज्ञान तथा एक करोड दिप प्रज्वलन गर्ने जनाएको हो।
मंसिर ८ गतेदेखि दिप प्रज्वलनको लागी तयारी गर्ने र ९ गते दिउसो दुई वजे एक करोड दिप प्रज्वलन गर्ने तयारी गरेको समितिले जनाएको छ।
१ करोड बत्ति मध्य १ करोड १५ लाख पुगीसकेको र आउने क्रम पनि जारी रहेकाले १ करोड २५ लाख दिप प्रज्वलन हुने अनुमान गरेको श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिका अध्यक्ष आचार्य नारायण कृष्ण पाण्डेले जानकारी दिए ।
असार १४ गते हरिशयनी एकादशीदेखि सुरु भएको चतुर्मास सत्सगं कार्तिक ठुला एकादशी अर्थात हरिबोधनी एकादशीसम्म चार महिना संचालन हुने गर्दछ । असारदेखी संचालित चतुर्मास सत्सगं १८ ओटा महापुराण प्रवचन भएको समितिले जनाएको छ । देश तथा विदेशका सहितका कथा वाचकले १८ वटा महा पुराणको कथा प्रवचन भएको र देशकै पहिलो कान्छी कथा वाचिका ९ बर्षिय अनुराधा पाण्डेयले कथा वाचन गरेकी थिइन ।
श्री हरि आध्यात्मिक प्रतिष्ठानले परिकल्पना गरेको १ सय आठ अनुष्ठान मध्यको तेस्रो कार्यक्रम चतुर्मास सत्संग कार्यक्रम अन्तर्गत भुमहीको दुर्गा मन्दिरमा संचालन गरेको श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले जनाएको छ ।
देशभर गर्ने अनुष्ठानहरु मध्ये पहिलो सुनवल नगरपालिका वडा नम्वर १२ नविनटोलमा गरेको र दोस्रो बाबा वर्दगोरियामा सम्पन्न गरेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै प्रतिष्ठान समितिले एक हजार ८ भजन सन्ध्या,नेपालमै पहिलो अनलाईन गुरुकुलम सुरु र १ लाख ८ गिता वितरण गर्ने कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाएको जनाएको छ ।