सुनवल । लुम्बिनी चिनि उद्योग प्रदूषण नियन्त्रण सघर्ष समितीले लुम्बिनी चिनी उधोगलाई ४ बुदे ज्ञापनपत्र बुझाएको छ ।
लुम्बिनी चिनी उद्योगबाट उत्पन्न प्रदूषणको कारण सुनवल नगरका करिब ८० हजार जनताको स्वास्थ्यमा गम्भीर असर गरेको र बिगतमा भएको सहमतिलाई कार्यन्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको समितिले जनाएको छ ।
ज्ञापनपत्रमा लुम्बिनी चिनी उद्योग र सुनवल नगरपालिका बिच भएको सम्झौता पूर्ण रुपमा कार्यन्वयन हुनु पर्ने,उद्योगबाट निस्कने फोहर पानी सोमनाय खोलामा फाल्ने काम बन्द गर्नु पर्ने,चिनीमिलबाट निस्कने दुर्गन्ध पूर्ण रुपमा हट्नु पर्ने,इन्धनको लागि धानको खोस्टा कुनै पनी अवस्थामा प्रयोग गर्न नहुने मागहरू रहेको छ ।
मागहरु एक हप्ता भित्र लागु गराउन ज्ञापनपत्र संघर्स समितिले अनुरोध गरेको छ भने माग सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने र यहि अवस्थामा चिनी मिल चल्न नदिने समेत उल्लेख गरिएको छ ।