ट्रेन्डीङ्ग

नेपालले जापानलाई एक सय १६ रनको लक्ष्य

काठमाण्डाै । चार देशीय महिला टी-२० क्रिकेट शृङ्खलाको तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले जापानलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

हङकङ क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको हो ।

नेपालकी पूजा महतोले सबैभन्दा धेरै ४३ रन बनाइन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रले २१ र इन्दु बर्माले १२ रन बनाए।

नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिसकेको छ । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो । त्यही जापानसँग अहिले खेलिरहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal