ट्रेन्डीङ्ग

सुनवलमा लुम्बिनी चिनी उद्योगबाट सिर्जित प्रदुषण नियन्त्रण संर्घष समिति गठन

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा लुम्बिनी चिनी उद्योगबाट सिर्जित प्रदुषण नियन्त्रण संर्घष समिति गठन भएको छ।

सुनवल नगरपालिका वडा नम्वर १ को काबुकनगर पार्कमा वडा नम्वर १,३,४ र ६ का स्थानियहरुको भेलाले युवराज ढकालको अध्यक्षतामा ३१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

लुम्विनी चिनि उद्योगबाट निस्केको प्रदुषण र दुर्गन्धले बर्षेनि स्वास्थ्यमा असर पारेको,तरकारी बारी प्रदुषण भएको,उद्योगबाट निस्कने कालो धुलोका कारण कपडा तथा घरहरु समेत फोहोर भएको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।

गत बर्ष उद्योग र स्थानियहरु विच भएको सहमति कार्यान्वयमा गर्नुपर्ने समेत स्थानियहरुले बताएका छन ।

गत बर्ष कालो धुलो हटाउने , गन्ध न्युनिकरण गर्ने, सरसफाई गर्ने लागएतका चार वुदाँमा उद्योग र स्थानियहरु विच सहमति भएको थियो ।

यता कालो धुलो न्युनिकरण गर्नका लागी उद्योगले वटरवक्स टेक्नोलोजी जडान गरेको , दुर्गन्ध न्युनिकरण गर्न वायो कम्पोष्ट मलको सुरु गरिसकेको र ल्याव टेस्टको लागी पठाइएको लुम्विनी चिनि उद्योगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?