ट्रेन्डीङ्ग

सुनवलमा छठिया माई मेला सुरु

सुनवल । सुनवलमा छठ पुजाको रौनक बढेको छ । छठीया माई ब्यवस्थापन समितिको आयोजनामा सुनवल ३ खैरेनीमा छठ पुजा २०८० सुरु भएको छ ।

छठीया माई ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षता तथा खैरेनी टोल बिकास सस्थाका अध्यक्ष धनबहादुर खवासको प्रमुख आतिथ्यतामा सुरु भएको छ ।

औपचारिक कार्यक्रमको संचालन छठिया माई व्यवस्थापन समितिका सचीव जितेन्द्र हरिजनको रहेको थियो भने साँस्कृतिक कार्यक्रमको संचालन प्रगति आमा समुहकी अध्यक्ष तथा छ्ठ पुजा २०८० को साँस्कृतिक कार्यक्रम संयोजक तुल्सा थापाको संचालनमा रहेको थियो ।

उद्दघाटनको पहिलो दिन कलस यात्रा र सास्कृतिक कार्यक्रम हुने, द्रोस्रो दिन सांस्कृतिक कार्यक्रम र तेस्रो दिन विविध सांस्कृतिक साथै कुस्ती प्रतियोगिता हुने समितिका सचीव जितेन्द्रप्रसाद हरिजनले बताए।

तीन दिनसम्म पुजा हुने र तेस्रो दिनको बेलुका अस्ताउदै गरेको सुर्यलाई अर्घदिने र सोमबार बिहान उदाउँदो गरेको सुर्यलाई अर्घ दिएर छठी माईको पुजा संगै कार्यक्रम समापन हुने छठी माई व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम शर्माले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal