ट्रेन्डीङ्ग

मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव 

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव सुरु हुने भएको छ । उद्योग वाणिज्य संघ सुनवलको अयोजनामा तेस्रो सुनवल महोत्वस पौष ४ गते सम्म संचालन हुने उद्योग वाणिज्य संघ सुनवलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

खुल्लाबजार तथा संचारको सर्वसुलभताले गर्दा वर्षेनी हजारौ उत्पादनहरु बजारमा भित्रिएको भन्दै उत्पादक तथा आम ग्राहकवर्गको चाहना अनुरुपका वस्तु तथा सेवालाई एउटै छाना मुनी अवलोकन गराउने उद्देश्यले महोत्सवको आयोजना गरेको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्याको भनाई छ ।

उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने हेतुले आयोजना गर्न लागिएको व्यापार मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी ,कृषि जन्य र अन्य उत्पादनहरु समेत गरी करीब २०० स्टलहरु रहने छन । त्यस्तै १ लाख दर्शकले अवलोकन गर्ने तथा १० करोडको कारोवार हुने आयोजकले अपेक्षा गरेको छ । मेलामा सांस्कृतिक कार्यक्रम, जिल्ला स्तरीय डान्स आइडल, विज्ञान प्रर्दशनी र खाना महोत्वस संचालन हुने संघले जनाएको छ ।

मेला अवलोकनको लागी टिकट शुल्क एक सय र विद्यार्थीहरुलाई ७० रुपौया निर्धारण गरिएको छ । त्यस्तै संस्थागत सामुहिक रुपमा मेला अवलोकन गर्न आउनेहरुको लागी ५० प्रतिशत छुट गरिएको छ । मेला अवलोकन गर्न आउने जेष्ठ नागरिकहरुको लागी भने शतप्रतिशत छुटको व्यवस्था गरेको उद्योग वाणिज्य सँघ सुनवका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासँघ नवलपरासीका अध्यक्ष हरी शर्माले उद्योग वाणिज्य संघ सुनवलद्धारा अयोजीत मेलाले स्थानिय उत्पादक र उपभोत्ताविचको सम्वन्धलाई सुदृढ बनाउन महोत्सवले भुमिका खेल्नुपर्ने बताए ।

१४ दिनसम्म लगातार संचालन हुने व्यापार मेलामा नेपाल लगायत छिमेकी राष्ट्रहरुका लगानीकर्ता, उत्पादक,वितरक,निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेटघाट र भेला गराई सरसामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु मेलाको विशेषता रहेका उद्योग वाणिज्य सँघ सुनवलका सचिव तुल्सीराम तिवारीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal