
नवलपुर । पुर्वी नवलपरासीको दलदले बुलिगँटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा आज भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
दुर्घटनामा एकजनाको गम्भीर अबस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।
ग १ ज ३२७० नम्बरको बोलेरो जीप अनियन्त्रीत भई ओमराज अधिकारीको बन्दै गरेको घरमा ठोक्किएको थियो ।
जिल्लाको अर्खलाबाट दलदले आउँदै गरेको बोलेरो जीप बिहान देबचुली नगरपालिकाको वडा नं ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मीटर तल ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको थियो।
जीपमा सवार सात मध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको हालसम्म नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।