ट्रेन्डीङ्ग

सुनवल नगर स्तरीय देउसीभैलो प्रतियोगितामा मावीतर्फ जनसेवा र आधारभुततर्फ देवकोटा प्रथम

सुनवल । सुनवलमा नगर स्तरीय देउसीभैलो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा मावि तर्फ जनसेवा माध्यामिक विद्यालय प्रथम भएको छ । त्यस्तै आधारभुत तर्फ देवकोटा नमुना माध्यमिक विद्यलाय प्रथम भएको छ । सुनवल नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको प्राविधिक सहयोग र जगन्नाथ माविको आयोजनामा माध्यमिक तह र ध्यानान्चल माविको आयोजनामा आधारभुत तहको देउसी भैलो प्रतियोगितामा सप्पन्न भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले आधुनिकताको नाममा हाम्रा संस्कृतलाई गलत व्याख्या गर्दै भ्रम सृजना गरीयो,भेषभुषा र कला संस्कृतीमा भएका विकृतिलाई चिर्दै परम्परालाई प्रतियोगिताले कला संस्कृतको संरक्षण विद्यालय तहदेखि लागु गर्नुपर्ने बताए ।


बस्नेतले पश्चिमेलि संस्कृतिको अनुसरण गर्दा परम्परालाई भुल्दै जाने तर उनीहरुकै शैलीमा जान पनि नसक्ने र हाम्रा संस्कृति पनि बिर्सने हुँदा परापुर्वक कालदेखि हाम्रा पू्र्खाले गर्दै आएका वैज्ञानिक कुरालाई अर्को पुस्स्तामा पुस्तान्तरण गर्नुपर्ने बताउदै हाम्रा चाडपर्व व्यवस्थित तरिकाले मनाउनु पर्नेमा जोड दिए ।धान्याचन्ल माविमा सम्पन्न आधारभुत तहको देउसी भैलोमा जगन्नाथ मावी दोस्रो,लुम्बिनी मावी तेस्रो र सान्त्वना विरेन्द्र आधारभुत विद्यालय भएका छन । प्रतियोगितामा १० विद्यालयको सहभागी रहेका थिए।
त्यसैगरी जगन्नाथ माविमा सम्पन्न देउसी भैलो कार्यक्रममा रमवापुर दोस्रो र तेस्रो वाक्वाणी मावी,जर्गाहा र सान्त्वना जगन्नाथ मावि,भुमहीले हासिल गरेका छन।प्रतियोगिता ९ विद्यालयको सहभागी रहेको थियो।


सुनवल नगरको शैक्षिक क्यालेन्डर अनुसार मासिक अतिरिक्त क्रियाकलाप अन्तरगत सामुदायिक विद्यालयका अध्यायरत विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने गर्दै इतिहासिक चार्डपर्वको कला संस्कृतिकको संरक्षण गर्ने उद्देश्यले तिहारको उपलक्ष्यमा देउसिभैलो प्रतियोगिता आयोजना गरिएको शिक्षा,युवा तथा खेलकुद शाखा अधिकृत पशुपति भट्टराईले जानकारी दिए।

धान्याचल मावी व्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रसाद न्यौपानेको अध्यक्षता विद्यालयका प्राचार्य ऋषिराम भण्डारीको स्वागत र शिक्षक रामराज श्रेष्ठको संचालन र जगन्नाथ माविमा रामबहादुर क्षेत्रीको अध्यक्षता विद्यालयका प्राचार्य कर्ण बहादुर राहादी मगरको स्वागत र शिक्षक गणेशकुमार अर्यालको संचालन रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?