ट्रेन्डीङ्ग

नवलपरासीमा नेपाल संवतको अवसरमा एक दिने खाना महोत्सव र मैत्रीपुर्ण फुट्सल प्रतियोगिता हुने

परासी । पश्चिम नवलपरासीमा एक दिने खाना महोत्सव एवं मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल संवत एवं नेवा नयाँ वर्ष ११४४ को उपलक्ष्यमा नेवास् देय दबु जिल्ला कार्य समिति नवलपरासीको आयोजनामा आगामी कार्तिक २५ गते शनिबार रामनगर एकेडेमीमा आदिवासी जनजाति मैत्रीपूर्ण फुटसल एवं एक दिने नेवारी खाना महोत्सवका हुने भएको हो ।

कला संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्दै आपसी सद्भाव कायम गर्ने उदेश्यले उक्त एक दिने खाना महोत्सव एवं आदिवासी मैत्रीपुर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको नेवा:देय दबु जिल्ला कार्य समिति नवलपरासीका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए ।

नेवार,थारू,मगर,गुरूङ्ग तामाङ गरि पाँच वटा जाति बिच मैत्रीपूर्ण फुटसल संचालन हुने र जिल्लामा रहेका ८ वटा नेवा गुठीबाट महोत्सवमा २५ प्रकार नेवारी खानाका परिकारहरूको स्टल रहने अध्यक्ष श्रेष्ठले बताए ।

साढे १ लाख अनुमानित खर्च गरिएको महोत्सवमा पाँच हजारदेखि ६ हजार जनाले महोत्सव अवलोकन गर्ने र महोत्सव अवधिभर नेवारी समुदायको साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?