
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २ लाख रुपैया सहयोग गर्ने भएको छ । बर्दघाट नगरपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने भएको हो।
आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा २ लाख जम्मा गरि सहयोग गरिने प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जानकारी दिए । नगरको बिपद व्यवस्थापन कोषबाट सहयोग गर्ने खनाल बताए ।
मानवीय धर्म निर्वाह गर्ने र पीडितकाे पीडामा मलम लगाउने प्रयास स्वरुप सहयोग गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । नगरपालिकाले नगरभित्रका रहेका सामुदायिक तथा निजि रुपमा संचालनमा रहेका संघ सस्थाहरुलाइ सहयोग गर्न नगर्प्रमुख् श्रेष्ठले अपिल गरेका छ ।”