ट्रेन्डीङ्ग

राजा माविले पौष १५ गते देखि स्वर्ण महोत्सव मनाउने

बर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयले पुस १५ गते स्वर्ण महोत्सव मनाउने भएको छ ।

 

विद्यालयको स्वर्ण महोत्सव पुर्व तयारी कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले शिक्षा क्षेत्रमा कोहि कसैले राजनीति पुर्वाग्रह नराखी काम गर्नुपर्ने बताए ।

शिक्षा प्रेमी व्यक्तित्वहरु एकजुट भएर अगाडि बढि सबैले आग्रह पुर्व आग्रहलाई छाडेर सबै मिलेर भव्य र सभ्य रुपमा विद्यालयको स्वर्ण महोत्सव सम्पन्न गर्न लाग्नु पर्नेमा उहाले जोड दिए ।उपस्थिति अनुसारको परिचय र सवाल अनुसारको भुमिकामा प्रष्ट हुनुपर्न बताउदै नेता खनालले समाज रुपान्तरणका लागि शिक्षाको ठुलो भुमिका हुने बताए । उनले भने -” शिक्षा क्षेत्रको परिवर्तन नभई समाज परिवर्तन हुन सक्दैन त्यसैले शिक्षामा सबै मिलेर परिवर्तन ल्याउनु पर्छ ।”

कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठ, चन्दा दाताको तर्फबाट गिरिराज रेग्मी,राजनीतिक पार्टीहरुको तर्फबाट नेकपा एमालेकि जिल्ला सदस्य शुसिला पौडेल,पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद खनाल,सघ सस्था तथा पुर्व शिक्षकको तर्फबाट बद्री प्रसाद सुबेदी, विद्यालय व्यवस्थापन समिती अध्यक्ष तथा बर्दघाट नगरपालिका वडा नम्बर ०९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले बोल्दै विद्यालयले स्वर्ण महोत्सव सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए।

विद्यालयले पौष १५ गते देखी सप्ताहा ब्यापी रुपमा पौष २२ गतेसम्म विभिन्न कार्यक्रमहरु गरि स्वर्ण महोत्सव मनाउने विद्यालयका प्राध्यानाध्यापक पुस्पराज अधिकारीले बताए।

अभिभावक भेलाले स्वर्ण महोत्सव मुल आयोजना समिति सयोजकमा बिक्रम खनाललाई सर्वसम्मत रुपमा चयन गरेको अधिकारीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal