ट्रेन्डीङ्ग

प्रतापपुर गाउँपालिकाकी पुर्व कार्यवाहक अध्यक्ष अन्जु चौधरी कांग्रेसमा फर्किइन

परासी । प्रतापपुर गाउँपालिका पुर्व कार्यवाहक अध्यक्ष अन्जु चौधरी जनता प्रगतिशील पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकी छन।

चौधरीले २०७४ सालमा नेपाली कांग्रेसतर्फ प्रतापपुर गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन । अध्यक्षको सवारी दुर्घटना निधन भएपछि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

नेपाली कांग्रेस परित्याग गर्दै २०७९ सालको स्थानीय निर्वाचिनमा जनता प्रगतिशील पार्टीको तर्फबाट प्रतापपुर पालिकाको उपाध्यक्ष पदमा उम्मेद्बारी दिएकी थिइन ।

पछिल्लो समय राजनीति पार्टीमा निष्क्रिय भएकी अन्जु पुन: नेपाली कांग्रेसमा फर्किएकी हुन । चौधरी सहित पुर्व वडाअध्यक्ष मनोज पन्जियार तथा पुर्व का.वा वडा अध्यक्ष दुधनाथ चौधरीले काङ्ग्रेस प्रवेश गरेका हुन ।

नेपाली कांग्रेस केन्द्रिय सद्स्य देवेन्द्र राज कण्डेल र लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले उनिहरुलाई टीका खादा लगाई पार्टी प्रवेश गराएको देवेन्द्रराज कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?