ट्रेन्डीङ्ग

दुर्घटनामा परेका मनाङ एयरका पाइलट सेढाईंको निधन

काठमाडौं।दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ।गत असोज २७ गते दुर्घटनामा परेका पाइलट सेढाईंको उपचारका क्रममा निधन भएको हो।

 

नेसनल बर्न सेन्टर,मुम्बईमा उपचाररत उनको निधन भएको मनाङ एयरले जनाएको छ।दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो।

 

सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालले थप उपचारका लागि मुम्बई रिफर गरेको थियो।पाइलट सेढाईंले उडाएको हेलिकोप्टर गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटना भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal