ट्रेन्डीङ्ग

सुनवलमा सहकारी संस्था बीच अन्तरक्रिया

सुनवल।सुनवल नगरपालिका भित्र भएका सहकारी सस्थाहरु बीच अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बस्नेतले सहकारीहरुले सेवा प्रवाहलाई विशेष जोड दिनुपर्ने बताए । सेवा प्रवाहलाई चुस्तदुरुस्त गराउन नगरपालिकाले समेत समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने सांसद बस्नेतको भनाइ थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भौगितप्रसाद यादव , प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल , खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैह्रे लगायतले शुभकामना व्यक्त गर्दै सहकारीहरुलाई आयआर्जन संग जोड्नु पर्ने बताए।नगरप्रमुख बिमला अर्यालले सुनवल नगरपालिकाको आर्थिक बिकासको रूपमा सरकारी मेरुदण्ड रूपमा रहेको बताइन ।साथै सुनवल नगरपालिकामा रहेको शीत भण्डारलाई सहकारीले सहयोग गर्नुपर्नेमा जोड दिइन।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा शुशासन नेतृत्व बिकास व्यवसायीकता र आर्थिक समृद्धिमा सहकारी बिषयमा डा.खगराज शर्माले सहजीकरण गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य सुनवल नगरपालिकाका उपप्रमुख सुर्यप्रसाद दुवे र प्रशासकीय अधिकृत चेतनाथ गिरिले कार्यक्रमको प्रकाश गर्नुका साथै कार्यक्रमको संचालन आर्थिक शाखा प्रमुख खेमराज ढकालले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal