सुनवल।नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति नवलपरासीद्धारा एक दिने नि:शुल्क फिजियोथेरापी शिवर एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति नवलपरासीका अध्यक्ष केशवनाथ कवरको अध्यक्षता एवं नेपाली कांग्रेस ट्रेड युनियनका जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि अर्यालले स्थानिय पालिकाहरुमा श्रमिकको पञ्जीकरण गर्ने र श्रमिकको क्षमता अभिवृद्धिका लागी ट्रेड युनियनले अगुवाई गर्ने बताए।साथै सम्पुर्ण श्रमिकहरुलाई एकतावद्ध हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा काउन प्रदेश अध्यक्ष वावुराम चौधरी,काउन केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी,काउन नगर अध्यक्ष दशरथ प्रसाद चौधरी,काउन सुनवल नगर संस्थापक अध्यक्ष धर्मागत चपाई,इलाका प्रहरी कार्यालय सुनवलका बरिष्ठ प्रहरी नायव निरक्षक राजेश भट्टराई,सुनवल प्रेस क्लव अध्यक्ष रमेश भुसाल,नेल्टा प्रदेश सदस्य विमल ढकाल लागाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
काउन जिल्ला उपाध्यक्ष हेप्पीनाथ कवरको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जिल्ला सचिव गोम बहादुर गुरुङले गरेका थिए।
ओम फिजियोथेरापी सेन्टरको सहयोगमा संचाललित १ दिने निशुल्क फिजियोथेरापीमा एक सय भन्दा वढिले नि:शुल्क फिजियोथेरापी सेवा लिएको बताउदै काउनले सिफारीस गरेका विरामीहरुलाई ३० प्रतिशत सम्म छुट सहित सेवा उपलब्ध गराईने ओम फिजियोथेरापी सेन्टरका संचालक डा. ओम प्रकाश चौधरीले जानकारी दिए।