ट्रेन्डीङ्ग

नवलपरासी सेवा समाज युएइले क्यान्सर पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

सुनवल । नवलपरासी सेवा समाज युएइले क्यान्सर पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

समाजले सुनवल नगरपालिका वडा नम्बर १ प्रगतिटोल निवासी समर बहादुर रानाको घरमा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरि सुनवल वडा नं १० का क्यान्सर पिडित हिरा जर्गाहा मगर र स्व.समर बहादुर राना मगरका अशक्त छोरा अमृत रानालाई प्रती व्यक्ति ३१ हजार रुपैया सहयोग हस्तान्तरण गरेको नवलपरासी सेवा समाज युएइका प्रचार प्रसार विभाग प्रमुख मनोजराज पाण्डेले बताए ।

नवलपरासी सेवा समाज युएइका महासचिव ठग प्रसाद डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ नगर समिति सदस्य निरु पुन,नेपाल मगर संघ प्रगतिटोल अध्यक्ष दुर्गा बहादुर ,खड्ग बहादुर ढेंगा मगर लगायत समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नवलपरासी सेवा समाजले नवलपरासीमा सहयोग गर्ने उद्देश्यका योजनावद्ध तरिकाले सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिएको नवलपरासी सेवा समाज युएइका उपाध्यक्ष अतित भुसालले जनाकारी दिए ।

समाजले युएइमा रहेका समाजका सदस्यहरुले जम्मा गरेको रकमले नवलपरासी जिल्ला भित्रका गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तारण गर्ने, विद्यालय  अक्षयकोष स्थापना गर्ने, मृगौला फेल भएका, क्यान्सर बिरामी र घातक रोगीहरुलाई सहयोग गर्ने साथै गरिबलाई राहत वितरण गर्ने नवलपरासी सेवा समाज युएईका अध्यक्ष  भुपराज डुम्रेले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष तथा नवलपरासी सेवा समाज युएईका महासचिव ठगप्रसाद डुम्रेले युएइमा हुने कार्यक्रम तथा सदस्यता बन्ने प्रक्रिया तथा सहयोग वितरण गर्ने प्रक्रियाको बारेमा जानकारी दिए ।

त्यस्तै कार्यक्रमको संचालन मगर स्मृति घाटका अध्यक्ष भेष बहादुर थापाले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?