![](https://safalpost.com/wp-content/uploads/2023/10/received_232200932910719.jpeg)
परासी । पश्चिम नवलपरासीमा नापी प्राविधिकहरुको प्रथम भेलाले नापी प्राविधिक समाज गठन गरेका छ्न।
“पेसागत ऐक्यवद्धता आधुनिक नापीमा प्रतिबद्धता” भन्ने मुल नाराका साथ आज रामग्राम स्तुपमा जिल्लामा रहेका ७ वटै स्थानीय तह,राष्ट्रिय आवास,भुमि आयोग तथा नापीको काम गर्दै आएको प्राविधिकहरुको भेलाले सुनवल नगरपालिकाका कार्यरत नापी प्राविधिक दल बहादुर ओलिको अध्यक्षतामा ११ सदस्य नापी प्राविधिक समाज गठन गरेको हो ।
जसको उपाध्यक्षमा शुसिल रावत ,सचिवमा अमृत भुषाल,सह-सचिवमा नरेन्द्र यादव, कोषाध्यक्षमा अनिल पोखरेल चयन भएका छन।
त्यसैगरी सदस्यहरुमा क्रमशःनिरज प्रजापति ,निरज कुमार पटेल, संजय कुमार गुरौ, अमन गुप्ता, यदु कुमार पुन,स्वस्तिका थापा चयन भएका छन।
भेलाले नापी प्राविधिकहरुको हक अधिकार र संरक्षण सुनिस्चित गर्दै क्षमता अभिबृद्धि गर्न,त्रुटीहरुको एकीकृत समाधान गर्ने,एकरुपता ल्याउने सम्भावना,चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्ने गरि अगाडि बढ्न समाज गठन गरिएको अध्यक्ष दल बहादुर ओलिले जानकारी दिए ।
समाजले आगामी दिनमा स्थानिय तह लगायत सेवामा कार्यरत प्राविधिक तथा प्राविधिक अध्ययन गर्दै गरेका र सेवाको अवसर खोजि गरेकालाई जोड्दै पारदर्शी एवम चुस्तदुरुस्त बनाएर अगाडी बढ्नेले अध्यक्ष ओलिले बताए ।