सुनवल । पश्चिम नवलपरासीको सुनवलमा
व्यवसायिक कृषि विकासका लागि हाम्रो दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
सुनवल नगरस्तरिय कृषक समुहले २०८० सालको विजया दशमी , शुभदिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा सुनवल नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान जिवनदान भए जस्तै रक्त बनाउने खाद्य वस्तु उत्पादन गरी जीवन बचाउने कृषक महान हुन भन्ने नाराका साथ अन्तरक्रिया कर्याक्रमको आयोजना गरिएको सुनवल नगरस्तरिय कृषक समुहले बताएको छ ।
कृषक समुहका संस्थापक अध्यक्ष भानुभक्त गौतमको अध्यक्षता तथा प्रदेश सभासद खड्ग वस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासद वस्नेतले सुधारात्मक सुझाब राख्दै कृषिको विकास र प्रर्वद्धनमा जोड दिए ।
सुनवल नगरपालिकाको समग्र कृषि विकासका लागी सधै साथ रहने समेत सभासद वस्नेतले बताए ।
त्यस्तै सुनवल नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि विमला अर्यालले कृषि क्षेत्रलाई अगाडि वढाउन योजनावद्ध तरिकाले लाग्ने बताइन ।
कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि , सुनवल नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन कार्कि, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, कृषि ज्ञान केन्द्र परासीका नविन गैरे, पशु शाखा कार्यालयका जय नेपाल बानिया, कृषि शाखाका सन्तोष पाण्डे, एकनारायण सुवेदी लगायतले कृषक समुहहरु र कृषि विकासको वारेमा आ-अफ्नो भनाई राख्नुभएको कार्यक्रम संचालक तथा सुनवल नगरस्तरिय कृषक समुहका अध्यक्ष वद्रीमान श्रेष्ठले जानकारी दिए ।