
परासी । ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीले श्रमिकका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।
जापनिज दातृ निकाय जिलाफको सहयोगमा झोला,कापी लगायतका शैक्षिक सामाग्री प्रदान गरेको ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए ।
ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीले जिलाफको सहयोगमा प्रतापपुर गाउँपालिका-१ भिठ्ठामा श्रमिकका बालबालिकाहरुलाई लक्षित गरि अनौपचारिक शिक्षा संचालन गरेको छ ।
श्रमिकका बालबालिकाहरुलाई लक्षित गरि गरिएको शैक्षिक सामाग्री बितरण कार्यक्रमको अध्यक्षता ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीका ज्ञानहरि अर्यालको अध्यक्षता तथा प्रतापुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादबको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा श्रमिक र उनीहरुका छोराछोरीहरुको उपस्थिति रहेको थियो ।