काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ३ सय ६५ रनको लक्ष्य दिएको छ ।
धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६४ रन बनायो । उसका लागि डेविड मलानले १ सय ४०, जोय रुटले ८२ र जोनी ब्रेस्टोले ५२ रन बनाए ।
बंगलादेशका मेहदी हसनले चार र शोरिफुल अहमदले तीन विकेट लिए । तस्कीन अहमद र शकिब अल हसनले एक एक विकट लिए ।
पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो भने इंग्ल्याण्ड न्युजिल्याण्डसँग पराजित भएको थियो ।