ट्रेन्डीङ्ग

सामुदायिक वनले उपभोक्ताहरुमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजना ल्याउनुपर्ने : प्रदेश सासद बस्नेत

सुनवल । लुम्विनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले सामुदायिक वनहरुले उपभोक्ताहरुमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजना अगाडी ल्याउनुपर्ने बताए। सुनवल ३ को किर्तिपुरमाग रहेको जनउदय सामुदायिक वन उपभोक्ता समुह ११ औ वार्षिक साधारणसभालाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रदेश सभा सदस्य बस्नेतले दोहोरो करको मारमा परेका सामुदायिक वनहरुको समस्या समाधान गर्नेमा सरकार सग पहल गर्ने बताए ।

सामुदायिक वनहरुले आफ्नो आम्दानी कुन कुन क्षेत्रमा भयो र त्यसको प्रतिफल के कस्तो रह्यो भन्ने अनुगमन गर्नुपर्ने र उपभोक्ताहरुमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजना अगाडी ल्याउनुपर्ने बताउदै प्रदेश सांसद बस्नेतले सरकारले बनाएका नीति नियम मान्दैनौ भन्न नमिल्ने तर त्यसलाई आपसी छलफलमा बसी सामुदायिक वनमैत्री नीति बनाई समस्या समाधान गर्न सकिने बताए ।

हाल उपभोक्ताहरुले काठको बिकल्पमा अन्य स्टिल उद्योगहरु किन फस्टाउदै गएका छन् त्यसको समस्या पहिचान गरी सवैलाई सहज र सर्वसुलभ रुपमा काठ उपलब्ध गराउन सामुदायिक वनहरुलाई प्रदेश सांसद बस्नेतले आग्रह गरेका छन ।

वन उपभोक्ता समुहका अध्यक्ष वलबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा सुनवल सब डिभिजन प्रमुख मनोज न्यौपाने, सामुदायिक वन उपभोक्ता नगर महासंघ सुनवल नगर अध्यक्ष कर्ण बहादुर शेन, वडाध्यक्ष पविन गुरुङ्ग, मुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डे, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य टिचन गुरुङ्ग, कमल परियार लगायतले शुभकामना मन्तव्य गरेका थिए  ।

सो अवसरमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले २०५४ साल भदौ २६ मा गठित वन समुह हाल २७७ हेक्टर क्षेत्रफलमा रहेको तथा उपभोक्ता घरधुरी संख्या १२ सय ३६ रहेको र ७ हजार २ सय जनसंख्या लाभान्वित रहेको बताए । कटान अनुमति प्राप्त गरी घाटगद्धिमा ल्याई राखिएको काठ दाउराको विक्रि वितरणको अनुमति हुन नसक्दा दशौ वार्षिक साधारणसभाबाट पारीत भएका कार्यक्रमहरु पुरा गर्न नसकिएको बताउदै अध्यक्ष थापाले आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न १६ वटा आगामी कार्यक्रमहरु प्रस्तुत गरेका थिए  ।

कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०८०/०८१ को लागि एक करोड ६२ लाख ५५ हजार ४ सय ८९ रुपैयाको अनुमानित आयव्यय विवरण कोषाध्यक्ष कमला थापाले प्रस्तुत गरेकी थिइन ।

संस्थाका उपाध्यक्ष राम सञ्जिवन गुप्ताको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाका सचिव माया पुन, लेखा समितिको प्रतिवेदन लेखा संयोजक विकास काफ्लेले प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?