ट्रेन्डीङ्ग

देवकोटा माविमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीलाई स्वागत

सुनवल।महाकवि देवकोटा नमुना मा.वि सुनवल-४ मा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन।

कक्षा १२ का विद्यार्थी सृजन पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो ।

विविध सास्कृतिक कार्यक्रम सहित होटल रिबोर्नमा गरिएको स्वागत कार्यक्रममा प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष ज्ञानहरि अर्याल,शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम शर्मा,विद्यालय व्यवस्थापन समिती सदस्य रामजी बाबु पराजुली,शिक्षक रुक्मांगत बस्याल र बिद्यार्थी एजिल्ला घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको संचालन कक्षा १२ का विद्यार्थी शंकर अर्याल र अनुपा चौधरीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?