सुनवल । बडेरा सामुदायिक वन उपभोक्ता समितिले सरसफाइ कार्यक्रम तथा डस्विन एवं स्प्रे वितरण गरेको छ।
विजयी दशमी तथा दिपावलीको अवसरमा आज असोज २० र भोलि २१ भोली सुनवल १३ को वडा कार्यलयदेखि पाल्हिनन्दनको उजैनी बेलासपुरसम्म सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि सडक छेउमा भएका नर्कट काट्ने उपभोक्ता समितिका अध्यक्ष मदन पन्तले बताए।
वडा कार्यलय,वनदेवि आधारभुत विद्यालय,सेवा आधारभुत विद्यालय र वनदेवी युवा क्लबलाई डसविन वितरण गरिएको हो।
बडेरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मदन पन्तको अध्यक्षता एव सुनवल नगरपालिकाका प्रवक्ता तथा वडा-१३ का वडा अध्यक्ष कृष्णप्रसाद बगालेको प्रमुख आतिथ्यतामा सरसफाइ कार्यक्रम सुरु गरेको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बगालेले कार्यक्रम गर्दा वडा कार्यलय समन्वय गरेर अगाडि बढ्दा सहज हुने र स्वास्थ संग जोडिएको सरसफाइ कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने व्यक्त गरेका थिए ।
उपभोक्ता समितिका उपाध्यक्ष प्रेम थापाको स्वागत र कार्यक्रमको संचालन सचीव मोहर प्रसाद चौधरीको रहेको थियो।