ट्रेन्डीङ्ग

सुस्तामा विद्यालय व्यवस्थापन समिति महासंघ गठन अध्यक्षमा पाण्डे

सुस्ता । सुस्ता गाँउपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ।गाउँपालिकामा रहेका विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुको भेला एव प्रथम अधिवेशनले नारायण पाण्डेको अध्यक्षतामा ९ सदस्यीय महासंघ गठन गरेको हो ।

जसको उपाध्यक्षमा हरेन्द्र यादव ,सचिवमा प्रभुनाथ कुशहवा र कोषाध्यक्षमा रिता फौजदार चयन भएका छ्न । त्यसैगरी सदस्यहरुमा क्रमश:मनोज गैरे,अर्जुन भेडिहार ,पप्पु भेडिहार , बसन्त चौधरी चयन भएका हुन।

महासंघको भेला एवं प्रथम अधिवेशन नारायण पाण्डेको अध्यक्षता एव सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि उपाध्यायले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि सबैजनाले आ-आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्नुपर्ने बताए । उच्च नतिजा र उत्कृष्ट व्यवस्थापन गर्ने विद्यालयलाई आगामी बजेटमा बस उपलब्ध गराउने पालिका अध्यक्ष उपाध्यायले प्रतिबद्धता व्यक्त गरेका थिए।

भेलामा प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुषाल , महासंघ केन्द्रिय सदस्य राम बहादुर क्षेत्री,लुम्बिनी प्रदेश उपाध्यक्ष सुर्य प्रसाद न्यौपाने,जिल्ला संयोजक रमेश बस्याल र शिक्षा शाखा प्राविधिक चन्द्रबहादुर थापा लगायतको उपस्थित रहेको नवनिर्वाचित सचीव प्रभुनाथ कुशहवाले जानकारी दिए ।

पालिकामा ५ वटा माध्यामिक तह , ७ वटा आधारभूत तह ,५ वटा प्राथमिक तहसम्म अध्यापन हुने विद्यालय र ८ वटा मदरसा गरि २५ विद्यालय रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?