ट्रेन्डीङ्ग

केन्द्रीय सदस्य कँडेलको अभिव्यक्तिप्रति नवलपरासी कांग्रेसको आपत्ति

परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व गृह राज्यमन्त्री देबेन्द्रराज कँडेलको अभिव्यक्ति प्रति नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले आपत्ति जनाएको छ । उनको अभिव्यक्तिलाई लिएर जिल्ला समितिले अनुशासनको कारबाही गर्न पार्टी केन्द्रीय समितिसँग माग गरेको छ ।

जिल्ला समितिको शनिबार परासीमा बसेको बैठक पश्चात आयोजित पत्रकार सम्मेलनमा पार्टी जिल्ला सभापति अर्जुन कुमार पोखरेलले असोज ५ गते बसेको केन्द्रीय समितिको बैठकमा कँडेलले दिएको अभिव्यक्तिले पार्टी अनुशासन उल्लगंन र नेता तथा कार्यकर्ताको मानमर्दन भएकोले केन्द्रीय समितिसँग अनुशासनको कारबाहीको माग गरेको बताए ।

केन्द्रीय बैठकमा कँडेलले जिल्ला कार्यसमिति पूरै घण्टीको कब्जामा रहेको,कार्यबाहक सभापतिले कहिलै पनि पार्टीलाई भोट नहालेको,विधानसंवत जिल्ला अधिवेशन भइ गठन भएको सिंगो जिल्ला कार्यसमितिलाई नै भंग गर्नुपर्नेजस्ता गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै जिल्ला समितिले कारबाहीको माग गरेको हो । उनले दिएको अभिव्यक्तिलाई केन्द्रीय समितिको रेकर्डबाट हटाउन पनि माग गरिएको छ ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा केन्द्रीय सदस्य जस्तो व्यक्तिले दिएको अभिव्यक्ति खेदजनक, पार्टी अनुशासनविपरीत एवं नेपाली कांग्रेसको विधानविपरीत रहेको अवगत गराउँदैं अनुशासनको कारबाही गर्न माग गरिएको छ ।

केन्द्रीय सदस्य कँडलले आफूबाहेक अरु कसैलाई चुनाव जित्न नदिनका लागी विपक्षीहरुसँग साँठगाँठ गर्दै आएको, पार्टीका उम्मेदवारलाई हराउन बागी उम्मेवार उठाएको, स्पष्ट बहुमत रहेको जिल्ला समन्य समितिको प्रमुख पदको निर्वाचनमा विपक्षीलाई मत हाल्न लगाएर पार्टीका उम्मेदवारलाई हराएको विज्ञप्तिमा आरोप लगाइएको छ ।

जिल्लामा कांग्रेसका दुई गुट छन् । गुटकै कारण गएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार भएका केन्द्रीय सदस्य कँडेल पराजित हुन पुगेका थिए । स्थानीय चुनाव र जिल्ला समन्वय समितिको चुनाव कँडेलकै कारण हार्न पुगेको विषय कार्यकर्तामाझ छर्लङ्ग भएकाले त्यसको मार कँडेल मात्र नभई सिंगो पार्टीलाई पुग्न गएको अर्को गुटका नेताहरुको भनाई छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal