सुनवल । सयपत्री बचत तथा ऋण सहकारी सस्था लि.को २३ औं साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी महासंघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि ढकालले बैंक र सहकारीलाई तुलना गर्न नहुने बताए । सहकारी अनुकूल नियम हुनुपर्ने कुरामा जोड दिदै नियमन निकायले नै ऐनमा भएका कुराहरूलाई कार्यन्वयन भए नभएको नियमन गर्नुपर्ने ढकालले बताए । सहकारीमा आएका समस्या समाधान गर्न सहकारी बिच मैत्रीपुर्ण सम्बन्ध रहनु पर्नेमा समेत ढकालले जोड दिए ।
त्यसै कार्यक्रममा जिल्ला बचत तथा ॠण सहकारी संघ अध्यक्ष राजनकुमार आचार्य,संस्थाका सस्थापक अध्यक्ष नारायण थापा क्षेत्री,सुनवल वडा ३ का अध्यक्ष पविन गुरुङ,सुनवल नगर आर्थिक विकास शाखा प्रमुख खेमराज ढकाल लगायतले सुभकामना व्यक्त गरेका थिए ।
सस्थामा हाल ३ हजार २ सय ६४ सदस्य रहेको र करिब ४५ करोड माथि पुजीँ पुगेको अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए।
त्यस्तै सस्थाले आर्थिक बर्ष ७९/०८० मा १ करोड ३८ लाख ६५ हजार ९ सय १२ शुद्ध नाफा गर्न सकेको सस्थाका कोषाध्यक्ष कमला थापा क्षेत्रीले जानकारी दिइन । त्यस्तै लेखा सुपरिवेक्षण समितिको वार्शिक प्रतिवेदन लेखा संयोजक कृष्ण प्रसाद शर्माले प्रस्तुत गरेका थिए । सस्थाले शैक्षिक क्षेत्र साथै विविध क्षेत्रमा उत्कृष्ट सेयर सदस्यका छोराछोरी र जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरेको थियो ।
नेप्फ्सुनले लुम्बिनी प्रदेशमा उत्कृष्ट व्यवस्थापन भएका सस्थाका व्यवस्थापन टिकाराम तिमिल्सिनालाई समेत सम्मान गरेको सस्थाका सचीव रमेश कर्मचार्यले जानकारी दिए।