ट्रेन्डीङ्ग

भडरीमा सम्पन्न गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधी पिपरालाई

सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजना र मामी सतिसवरिया सामुदायिक वन उपभोक्ताले समितिको सहआयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत २८ गते देखि संचालित प्रतियोगितामा १-२ विरुद्ध सेटले पराजित गर्दै जेसिका पोलि क्लिनिक पिपरालेले उपाधी हासिल गरेको छ । जेसिका पोलि क्लिनिक पिपराले रानी पाकडलाई १९-२५,२५-२० र २५-१५ उपाधी हासिल गरेको हो ।

प्रथम स्थान हासिल गर्दै नगर रु ३० हजार ५ सय ५५ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको छ।

त्यसै रानिपाकड,रुपन्देही दोस्रो र मुनलाईट सुखौरा तेस्रो र आयोजना नवज्योति युवा क्लबले सान्त्वना स्थान हासिल गरेका छन । दोस्रो २० हजार ५ सय ५५ , तेस्रो पुरस्कार १० हजार ५ सय ५५ र चौथो पुरस्कार ५ हजार ५ सय ५५ साथै प्रमाण पत्र तथा शिल्ड सहित वितरण गरिएको खेल संयोजक नरेश यादवले जानकारी दिए । प्रतियोगीतामा नवलपरासी र रुपन्देही जिल्लाका १८ टिमको सहभागी रहेको संयोजक यादवले बताए दिए ।

क्लबका अध्यक्ष सोमनाथ काफ्लेको अध्यक्षतामा तथा सुनवल नगरपालिकाका उपप्रमुख सुर्य दुवेको प्रमुख आतिथ्यमा सुरु भएको हो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख दुवेले खेलक्षेत्रलाई प्राथमिकता साथ अगाडि बढेको बताउदै आगामी दिनमा उपमेयर भलिबल प्रतियोगिता राख्ने योजना सहित अगाडि बढेको बताए । दुवेले आगामी आर्थिक वर्षदेखि सुनवलमा स्पोर्ट्स एकेडेमी संचालन लागि परेको बताए ।

त्यसैगरि वडा १२ का अध्यक्ष चुरामणि पौडेल(दिपक) ले नगरबाट भलिबल खेल संगसगै अन्य खेलबाट पनि
खेलाडी उत्पादन गर्नुपर्नेका जोड दिए । साथै वडा ११ का अध्यक्ष कमल प्रसाद चुवाईले सुनवललाई खेलकुद क्षेत्रको हव बनाउने गरि अगाडि बढेको बताए।

कार्यक्रममा भलिबल संघका प्रदेश उपाध्यक्ष एवं सुनवल उधोग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्य, सुनवल प्रेस क्लबका अध्यक्ष रमेशकुमार भुसाल,मामी सतिवरिया सामुदायिक वनका अध्यक्ष कुलानन्द पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबका उपाध्यक्ष शालिकराम पाण्डेको स्वागत सहित सुरु भएको कार्यक्रम सस्थांका सचीव केशव कान्त न्यौपाने र सहसचिव रुपा डुम्रे भुसालले संयुक्त रुपमा संचालन गरेका थिए ।

क्लबले हरितालिका तिजको अवसरमा धर्म संस्कृत जर्गेना गर्न मन्दिरको प्रचारप्रसारका लागि सहयोग होस भनी भलिबल प्रतियोगिता सहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?