ट्रेन्डीङ्ग

ठेकेदार सम्पर्क बिहिनहुँदा बर्दघाट खजुरा पुल अलपत्र

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्थित खजुरा खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । वडा नम्बर ५ र १६ जोड्ने गरी निर्माण हुन लागेको खजुराखोला पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ ।



श्री मृत सञ्जीवनी निर्माण सेवा प्रालि कलंकी काठमाडौंले ठेक्का पाएको यो योजना २०७७ साल पौषबाट निर्माण सुरु भएर २०८० साल असारमा सम्पन्न हुनुपर्ने पुलको अहिलेसम्म काम सुरु भएको छैन ।



लामो समयदेखि ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि ठेकेदारलाई सम्पर्कमा ल्याउन जिल्ला प्रशासनलाई आग्रह गरेको बर्दघाट नगरपालिकाले जनाएको छ । जिल्ला प्रशासनले सम्बन्धित ब्याक्तीहरुलाई असोज १० गते भित्र कार्यालयमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको जनाएको छ ।

श्री मृत सञ्जीवनी निर्माण सेवा प्रालि कलंकी काठमाडौंले २०८० असार ३ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ पुस २८ गते सम्झौता गरेको थियो । कुल ९ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?