ट्रेन्डीङ्ग

जगन्नाथ माविले कक्षा ११ मा नवआगन्तुक विधार्थीलाई स्वागत गर्यो

भुमही । सुनवल नगरपालिका-१२ भुमहीमा स्थिति जगन्नाथ माविले कक्षा ११ का नवआगन्तुक विधार्थीहरुलाई स्वागत गरेको छ । आज एक कार्यक्रम गर्दै कक्षा १२ मा अध्ययनरत विधार्थीले कक्षामा आगन्तुक विधार्थीलाई स्वागत गरेका हुन ।कक्षा १२ मा अध्ययनरत सरोज सापकोटाको अध्यक्षता एवं सुनवल नगर शिक्षा शाखा प्रमुख बिष्णु गोतामेको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै गोतामे विगतमा भन्दा विधार्थी र शिक्षकको मेहताले विद्यालयले शैक्षिक प्रगति गरेको बताए । गोतामेले शैक्षिक प्रगतिमा विद्यार्थीको सफलतानै अनुशासन साथ लगनशीलता भएको कुरा व्यक्त गरेका थिए।कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्री,प्रह कर्ण बहादुर रहादी मगर,विद्यार्थीको तर्फबाट कमल न्यौपाने,हरिस श्वर्नकार र रविना विश्वकर्मा लगायतले बोलेको थिए । कार्यक्रमको संचालन आयुशा न्यौपानेले गरेकी थिइन ।

उत्कृष्ट नतिजा दिदै आएको यस विधालयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै विज्ञान,व्यवस्थापन,मानविकी र शिक्षा संकाय अन्तर्गतका विषयहरु कक्षा ११ र १२ मा पठनपाठन हुने गर्दछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal