ट्रेन्डीङ्ग

नवलपरासीमा प्रहरीले सय दिनमा २ करोड २५ लाख राजस्व संकलन

परासी । पश्चिम नवलपरासीमा प्रहरीले एक सय दिनमा २ करोड २४ लाख ४६ हजार ३ सय १५ रुपैया राजस्व संकलन गरेको छ ।

नेपाल भारतको सिमावर्ती क्षेत्रबाट आउने अबैध मालसामान लत्ताकपडा तथा दाल,चामल लगायतका अन्य खाद्यान्न ओसारपसार गर्ने १ ट्रक, २ पिकअप, ३ ट्रलि, ३१ वटा मोटरसाइकल र एउटा साइकल गरि ३८ वटा सवारी साधनलाइ पक्राउ गरेको छ । अबैध मालसामानबाट प्रहरीले २ करोड २१ हजार ५ सय ६५ रुपैया राजस्व संकलन गरेको छ ।

अबैध नदिजन्य पदार्थ उत्खननमा २३ वटा ट्याक्टर र १ वटा टिप्पर गरि २४ वटा सवारी साधन पक्राउ गरिएको छ।जसबाट ३ लाख ७४ हजार ७ सय ५० रुपैया राजस्व संकलन गरेको छ।

स्रोत नखुलेको २० लाख रुपैया सहित १ थान मोटरसाइकलमा सवार २ जना पक्राउ परेका छ्न । अबैध वन पैदवारमा सम्लग्न ५ वटा साइकल बरामद गरेको छ । जसबाट ५० हजार राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यालय प्रमुखको रुपमा प्रहरी उपरीक्षक काजी कुमार आचार्य आएको १ सय दिन पुरा भएको छ अवसरमा आयोजना पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal