ट्रेन्डीङ्ग

नक्कली जग्गा धनी बनाई ३२ विघा जग्गा विक्री,स्थानीय आन्दोलित

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ६ मा ३२ विघा नक्कली जग्गा धनी बनाई बिक्रीवितरण गरेको भन्दै स्थानीयले आन्दोलन गरेको छन।

साबिकको सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेको जंग्गा नक्कली जंग्गा धनी बनाई बिक्रीवितरण गरेको स्थानीय इन्द्रमणि पाण्डेले बताए ।

नक्कली जग्गा धनिले जग्गा र बिक्रि वितरणमा संग्लन १३ जना कर्मचारी विरुद्ध अख्तियारले अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा ६ को ३२ विगाहा जग्गा भुमाफियाहरुले मालपोत, भुमि सुधार र साविक गाविसको कर्मचारीहरुको मिलोमतोमा नक्कली जग्गा धनी खडा गरि विक्री गरेको अख्तियारको अनुसन्धानले खुलेको छ । सहित ति कर्मचारीहरु विरुद्ध अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग बुटवलले भ्रष्टाचार मुद्धा चलाएको हो । यता जग्गा कृतेगरेर बेच्नेलाई कार्वाहीको माग सहित आन्दोलन स्थानीय आन्दोलित छन्  ।


अख्तियारले चलाएको मुद्दा


जिल्लाको साविक सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा भु–माफिया, मालपोत र भुमि सुधार कार्यालयका प्रमुख सहितका कर्मचारीहरु नक्कली जग्गाधनी खडा गरि रोक्का जग्गा फुकुवा गरि पास गरेर व्यापक भ्रष्टाचार गरेको ठहर भएपछि अख्तियारले १३ जना विरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको विगो दावी गर्दै भ्रस्टाचार मुद्दा चलाएको हो ।


अख्तियारले चलाएको मुद्दामा मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सहसचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थि, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिवहरु नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदारहरु नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मुमगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिकका रविकुमार खत्रीविरुद्ध मुद्दा चलाएको हो । गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्रीबितरण गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

‘भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नम्बर तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२-२-१७.२५ बिघा जग्गाहरुसमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय वमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन माग दाबी लिइएको छ,’ अख्तियारद्वारा आरोप पत्र दायर गरिएको छ।



जिल्ला नवलपरासी साविक सनई गा.वि. स. वडा नं ८ ख किता नं १२१,२५१,२९७ समेतका जग्गाहरु हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गा धनी खडा गरी विक्री गरेको भन्ने समेत व्यवहोराको उजुरीमा अनुसन्धान हँदा भुमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भुमिसुधार अधिकारी ईश्वर प्रकास कलवारले गलत कागजातका अधारमा कानुन विपरीत तीन परिवार संख्या कायम गर्ने गरी गरेको गैर कानुनी निर्णय सोही निर्णयलाई कार्यन्यन गराएको भनी मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृत र स्थानिय निकाय समेत प्रलोभनमा परी भारतमा बसोबास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोबास गर्ने र नेपालको गेरमी गा.वि. स.मै मृत्यु भएको भनी नाता प्रमाणित मृत्यु दर्ता प्रमाण पत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्तिनै फरक पारि स्थानिय तथा नवलपरासीका कर्मचारीहरुले भ्रष्टाचार जन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय बमोजिको कसुरमा देहाय बमोजिम सजाय हुन मागदावी लिएको उल्लेख छ ।

नवलपरासीको सनई गाविसको वडा नं. ८ र ९ पडरी गाउँका किसानहरु उक्त ३२ विगाहा जग्गा तिन/चार पुस्तादेखि मोही र हुण्डामा जोतभोग गरि भोग चलन गर्दै आएका थिए । सनई ८ र ९ को उल्लेख ३४ विगाहा जग्गा, भु-माफियाहरु मालपोत, भुमि सुधार र गाविसलाई मोटो आर्थिक प्रलोभन देखाई बेचिएको थियो ।

करिब ५० वर्ष अगाडी पडरी गाउँका जमिन्दार प्रेमशरण खत्रीले स्थानिय किसानहरुलाई आफ्नो जग्गा जोत भोग गर्न दिएका थिए । जमिन्दार खत्रीले किसानहरुलाई दिएको केहि जग्गामा मोही लागेको थियो भने केहि जग्गा हुण्डामा थियो । त्यतिबेलादेखि नै जमिन्दार खत्री किसानहरुसंग हुण्डाको वर्षेनी पैसा पनि असुल्दै आएका थिए । जमिन्दार खत्रिले आफ्नै जिवनकालमा जग्गा पास गर्छु भन्दै टाल्दै मृत्युको मुख समेतमा पुगे । जमिन्दार खत्रीको मुत्युपछि उक्त जग्गा लिन उनको कुनै वारेपनि आएनन् । जग्गा यत्तिकै किसानहरुकै जोतभोगमा रहेको, मालपोत र भुमिसुधारबाट पनि रोक्का समेत रही रहयो ।

लामो समय सम्म जग्गाको कोई वारेस नआएपछि भुमाफियाहरुले उक्त जग्गामा आँखा धँसाए र नक्कली जग्गाधनी खडा गरि बेच्ने योजना बनए । किसानहरुको जिवनमा दुखको घडि तब आईपुग्यो जब यहाँका भु–माफियाहरु नक्कली जग्गाधनी खडा गर्न दिल्लीमा चार्टड एकाउन्टेन्ट काम गरि बस्दै आएको अनुप मेहरालाई जमिन्दार मृतक प्रेमशरण खत्रीको वारेस बनाई नाता प्रमाणित समेत गराए । भारत बस्ने अनुप मेहरा नामक व्यक्ति जमिन्दार मृतक खत्रीको छोरा अनुप खत्री (वारेस) बनेर साविक गेरमी गाविसबाट नाता प्रमाणित गराइएपछि जग्गा बेच्ने खेल शुरु भयो जसले किसानहरुलाई पिडित मात्र होईन बेघर समेत बनाई दियो । नाता प्रमाणितको आधारमा ठुलो रकम घुस खुवाई भु-माफियाहरु करिब ५ करोड रुपैयामा उक्त ३२ विगाहा जग्गा आफनो नाममा पास गराए ।

पडरी गाउँका ६५ जना स्थानिय किसानको जोतभोगमा रहेका ३२ विगाहा जग्गा अनुप महराले विक्री गरेपछि किसानहरु बिचल्ली नै परे । नक्कली जग्गाधनी खडा गरि जग्गा पास लिएपछि किसानहरु रुवाबासी नै छायो । जग्गा पाउने आस्वासनमा बसी रहेका किसानहरुसंग बेईमानी गर्दै दोहोरो नागरिकता भएको केहि स्थानियहरुको नाममा पास भयो ।

६८ वटा कित्तामा रहेको ३४ विगाहा जग्गा मध्ये १ विगाहा ५ कट्ठा जग्गामा पक्की घरघडेरीहरु समेत बनेको छ भने अरु जग्गा खेत खरिहानको रुपमा प्रयोग हुदै आएको छ । पिडित किसानहरुको जग्गा फिर्ता ल्याउन स्थानिय समाजसेवी ईन्द्रमणि पाण्डेको नेतृत्वमा टोली, काठमाण्डौ, भारतको दिल्ली पुगी आवश्यक प्रमाणहरु जुटाई अख्तियार सम्म पुगेको थियो ।

करिब ५० बर्ष अगाडी पडरी गाउँका जमिन्दार प्रेमशरण खत्रीले स्थानिय किसानहरुलाई आफ्नो जग्गा जोत भोग गर्न दिएका थिए । जमिन्दार खत्रीले किसानहरुलाई दिएको केहि जग्गामा मोही लागेको थियो भने केहि जग्गा हुण्डामा थियो । त्यतिबेलादेखि नै जमिन्दार खत्री किसानहरुसंग हुण्डाको वर्षेनी पैसा पनि असुल्दै आएका थिए । जमिन्दार खत्रिले आफ्नै जिवनकालमा जग्गा पास गर्ने आश्वासनमा किसान खुसी थिए तर पास नगर्दै उनको मृत्युले किसान चिन्तित बने। जब खत्रीको मुत्युपछि उक्त जग्गा लिन कोही आएनन् जग्गा  किसानहरुकै जोतभोग गर्दौ आएका थिए । तर यता मालपोत र भुमिसुधारबाट पनि रोक्का राखिदिएको थियोे ।

लामो समयसम्म जग्गाको कोई वारेस नामा नआएपछि केही व्यक्तिले नक्कली जग्गाधनी खडा गरि बेच्ने योजना बनाए।योजनाकारले दिल्लीमा चार्टड एकाउन्टेन्ट काम गरि बस्दै आएका भारतीय नागरिक अनुप मेहरालाई जमिन्दार मृतक प्रेमशरण खत्रीको वारेस बनाई नाता प्रमाणित समेत गराए ।

जब भारत बस्ने अनुपलाई जमिनदार मृतक खत्रीको छोरा अनुप खत्री (वारेस) बनेर साविक गेरमी गाविसबाट नाता प्रमाणित गराइएपछि जग्गा बेच्ने खेल शुरु भयो जसले किसानहरुलाई पिडित मात्र होईन बेघर समेत बनाई दियो । नाता प्रमाणितको गर्दा करौडौ रकम घुस दिएइ पास गराइएको स्थानीयले बताउँछन ।


ईन्द्रमणी पाण्डेको अध्यक्षतामा भएको जग्गा विरोध प्रदर्शन कार्यक्रममा पुर्व राज्य कृषि मन्त्री हकिउल्ला खाँले ५० वर्ष पहिलादेखि सर्वसाधारण जनताले जोत भोग गर्दै आएका जग्गा किर्ते गरी विक्री गरेका भुमाफियाहरुलाई समेत कडा भन्दा कडा कार्यवाही माग गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?