ट्रेन्डीङ्ग

वि.व्या.स अध्यक्ष अर्यालद्धारा पठनपाठनको लागी अभिभावकत्व ग्रहण

सुनवल।महाकवि देवकोटा नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले कक्षा ७ मा अध्ययनरत १ जना विद्यार्थीको पठनपाठको लागी अभिभावकत्व ग्रहण गरेका छन।

 

अमेरिकामा अध्ययनरत जेठो छोरा भिजन अर्यालको जन्मदिनको अवसरमा अध्यक्ष अर्याल र उहाँको श्रीमती कविता अर्यालले कक्षा ७ मा अध्ययनरत अनुराधा गुप्तालाई कक्षा १२ सम्मको पठनपाठनको लागी अभिभावकत्व ग्रहण गर्नुभएको विद्यालयले जनाएको छ । छोरा भिजन अर्यालकै इच्छा बमोजिम आफुहरुले अनुराधा गुप्ताको पठनपाठनको लागी अभिभावकत्व ग्रहण गरेको अर्याल दम्पतीको भनाई छ ।



कक्षा ७ मा अध्ययनरत अनुराधा गुप्तालाई अध्ययन गर्नको लागी परिवारीक स्थिती आर्थिक रुपमा कमजोर रहेको र उनी जेहेन्दार विद्यार्थी समेत रहेको विद्यालयकी निमावि संयोजक उसा ठकुरीले बताइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?