ट्रेन्डीङ्ग

न्यू लाइफमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

बर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका छ्न।टिका,खादा र स्वागत गीत र मन्तव्य मार्फत स्वागत गरिएको हो।

स्वागत कार्यक्रममा बोल्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारीले कक्षा १० पास गरेका विद्यार्थीहरुका विभिन्न सपनाहरुलाई पुरा गर्ने एउटा माध्यम न्यू लाइफ रहेको बताए। अहिले कक्षा १२ को १८ औं व्याज रहेको बताउदै उनले भने -“तपाईहरु सपना बोकेर न्यू लाइफमा आउनु भएको छ । ती सपना सकार गर्न न्यू हातेमालो गर्ने तयार छ ।”

विद्यालयका प्रीन्सिपल सन्तोष अधिकारीले विद्यालयमा विद्यार्थीहरु कै सक्रियतामा स्वागत कार्यक्रम भब्य र सव्य रुपमा संचालक भएको बताउदै विद्यालयले अतिरिक्त क्रियाकलापमा केन्द्रिय गरि विद्यार्थीको शिक्षण सिकाइमा गर्ने गरिएको बताए।

कार्यक्रममा विद्यालयका सहायक प्रीन्सिपल दिननाथ पौडेल, क्याम्पस प्रमुख मोहन शरण पाण्डे लगायतले बोल्दै विद्यार्थीले नेतृत्व लिइ गरेको कार्यक्रम उत्कृष्ट रहेको बताए ।

सुशान्त भण्डारीको अध्यक्षता, स्वागत सुधा बस्यालको रहेको कार्यक्रमको सञ्चालन कक्षा १२ का शान्तना भण्डारी र गौरव क्षेत्रीले गरेका छन । कार्यक्रममा कक्षा ११, १२ का विद्यार्थी र शिक्षकहरु गरि ५ सय जनाको सहभागी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal