![](https://safalpost.com/wp-content/uploads/2023/09/IMG-20230914-WA0039.jpg)
सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ।
क्लबका अध्यक्ष सोमनाथ काफ्लेको अध्यक्षतामा तथा सुनवल-११ का वडा अध्यक्ष कमल चुवाईको प्रमुख आतिथ्यमा सुरु भएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मामी सति सवरिया मन्दीरको संरक्षणलाई बृहत् बिकास सहित योजना अगाडि बढाएको बताए । उनले भलिबल प्रतियोगिताले मन्दीर प्रचारप्रसारको थप सहयोग भएको छ क्लबको कार्यलाई कृतज्ञता व्यक्त गर्दै अनुशाशीत एवम् मर्यादित भएर खेल्न खेलाडीलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा सुनवल प्रेस क्लबका अध्यक्ष रमेशकुमार भुसाल, जनज्योति युवा क्लबका पुर्व अध्यक्ष राम बहादुर थापा, मामि सतिसवरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुलानन्द पाण्डे , क्लबका सल्लाहकार मुक्तिराम बस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका उपाध्यक्ष शालिकराम पाण्डेको स्वागत सहित सुरु भएको कार्यक्रम सस्थांका सचीव केशव कान्त न्यौपाने र सहसचिव रुपा डुम्रे भुसालले संयुक्त रुपमा संचालन गरेका थिए ।
क्लबले हरितालिका तिजको अवसरमा धर्म संस्कृत जर्गेना गर्न मन्दिरको प्रचारप्रसारका लागि सहयोग होस भनी भलिबल प्रतियोगिता सहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।