ट्रेन्डीङ्ग

विप्लवलाई सहिद पुत्रको खुल्ला पत्र

कमरेड विप्लव
क्रान्तिकारी लाल सलाम।

प्रिय कमरेड तपाईलाई पत्र लेखिरहँदा सम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । देश र जनताको हकहितको लागि आफ्नो ज्यानको प्रभाह नगरी सहादत प्राप्त गर्नुहुने महान सहिद प्रती हार्दिक श्रद्धाञ्जली,बेपत्ता योद्धाहरुको शिघ्र खोजी एबम घाइतेयोद्धाहरु प्रती सिघ्र स्वास्थ्यलाभको कामना ।

कमरेड तपाईको रास्ट्रप्रेम ,देशभक्ति भावना र निडरपनले आज नेपालको राजनीतिले फरक मोड लियको छ । अशान्ती रुचाउँने ब्यक्ती भन्नेहरु आज शान्तिप्रेमी भन्न रुचाईरहेछ्न। हिजो तपाईं लगायत प्रचण्डले बाडेका आश्वासन , देखाउने गरेका सपना , क्रान्ति प्रतिको लगानी सबै नक्कली बनाउन खोज्ने प्रचण्डलाई त्यागी (बैज्ञानिक समाजबादको) नारा अंगाल्दै अगाडी बढ्दा हामिलाई लागिरहेथ्यो , बिप्लप लाई नि राजनैतिक भागबन्डा पुगेन, पद पायनन र फेरि खोक्रो क्रान्तिका सपना बाढ्दै छन तर सौभाग्य भन्नू पर्छ तपाईले त्यसरी सोझा साझा आम सर्बसाधारणहरु लाई आफ्नो स्वार्थको निम्ति प्रयोग गर्नु भयन र आसा छ गर्नुहुने छैन पनि।

तपाईंले राजनीति कहिले र कसरी सुरु गर्नुभो,त्यो अहिले सोध्न र चर्चा गर्ने उत्साह ममा छैन ।
म त्यति बिज्ञ र राजनीतिक बिस्लेसक पनि हैन , जसले तपाईलाई सुझाव दिन सकोस् तरपनि म सहिदको सन्तति , रोल्पाली र सहिद परिवार भएकोले जनयुद्धलाई नजीक बाट नियाल्ने अबसर पायकोले हिजोका हाम्रा अधुरा सपनाहरु अब पूरा हुन्छन् भन्ने आसा लियका छौ :- एउटा सुन्दर देश जहाँ नारीहरू पूरुष सरह नभई दोस्रो दर्जाको नागरिक भयर बाच्नु पर्दैन , जहाँ हाम्री दिदिबहिनीहरू छोरी चेलिहरू भारत लगायतका अन्य दोस्रो मूलूकमा भोगबिलास तथा दासीको रूपमा बेचिनू पर्दैन , जून ब्यबस्थामा नेपालका दलितमाथि कूनै दमन हूर्दैन , समानता छायको हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’

जहाँ सूकूमबासीले त्रिपाल टाँगेर चिसो हूरी बतासमा कहालीलाग्दो जीवन बाच्नू पर्दैन , जहाँ नेपालका यूबाहरू खाडिमूलूकमा नोकर चाकरको ,दासको जीवन बाच्नू पर्दैन , जून ब्यबस्थामा कोहि नेपाली भोकै हुदैन,जहाँ सबै नेपालीलाई गाँस,वास कपास, शिक्षा, स्वास्थ्य,रोजगारी र स्वतन्त्र जीवन मिल्नेछ ।

जहाँ गरिब र धनीले लिने शिक्षामा अन्तर हुनेछैन , त्यस्तो ब्यबस्था सिर्जना गर्ने उदेश्यका साथ २०५२ फाल्गुन १ गते नेपालमा पनि (माओबादी)ले क.प्रचण्डको नेतृत्वमा जनयुद्धको सङखघोस गरे संगै देशमा मार्ने र मर्ने जस्तो जटिल परिस्थिती सिर्जना भयो । तर आज सहिदको सपनालाई १०लाखमा साट्ने , देशका नदिनाला बेच्ने,ब्यक्तीगत स्वार्थमा तल्लीन हुने,जनबादी शिक्षा ल्याउछौ भन्ने वाहाना र लुकिछिपिको खेललाई सहन नसकिने रहेछ,आशा छ यहाँले यो सबै मनन गर्नुहुने छ।

हिजो क्रान्ति भन्दै देश बनाउछु भन्दै आफ्नो ज्यानको प्रबाह नगर्ने ती महान सपुतहरु लाई आज रास्ट्रिय सहिद घोषणा गरिएको छैन ,हिजोको जनयुद्ध कुनै पार्टी बनाउन नभइ,रास्ट्र बनाउन गरिएको थियो। त्यसकारण पनि सहिदहरु पार्टी विशेष हुदैनन् ,देशभक्त हुन्छन् । अस्ति मात्रै तपाईं नेपाल सरकारका प्र.म.के.पि ओलि संग हस्ताक्षर कार्यक्रममा सहभागी हुदा ओलिले झापा आन्दोलनमा मारिने ब्यक्तीलाई रास्ट्रिय सहिद घोषणा गरे तर जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदको सम्झना सम्म सरकार प्रमुखले गरेनन् ।

लेखक

लेखक -तेज बिक्रम वलि

हामीलाई नेपालसरकारले द्वन्द्व प्रभावित भन्छ,भने सोच्नु हामि कति पीडित छौँ । उहाले सहिद सम्म नभन्दा हाम्रो मन कति खिन्न भयो होला। तरपनी हामि सहिद परिवार निराश छैनौं,तपाईंले सम्बोधन गर्नु भयो । वार्तामा जानू पुर्व सहिदकि आमालाई भेट्ने बाताबरण मिलाउनु भयो, सरकारले हेलिकप्टर पठाउदा इन्कार गर्नु भयो र सुरक्षागार्ड पनि राख्न मान्नु भयन भने तपाईलाई जनता प्रती बिश्वास छ र जनतालाई हजुरप्रति यसलाई सधै आत्मसात गर्नुहोला । आश छ तपाईंले द्वन्द्व प्रभावित भन्ने शब्दलाई,सहिदको नाम दिनुहुने छ।

प्रचण्डले क्रान्ति सकियको घोषणा गर्दै गर्दा उनलाई लाग्थ्यो होला आफू ४०-५० जनाको सुरक्षामा छु। दरबारिया सुख सयल पाएपछी जनताको पिडा बुझ्न् कठिन हुदो रहेछ।आज उनको घमण्ड सबै सकियको छ। त्यसकारण सतही रुपमा हेर्दा जनता अबुझ ,असाक्षर देखिए पनि सत्य र असत्य छुट्टाउने सामर्थ्य राख्छन् । यसो हेर्दा जनताको जनजीवन सामान्य देखिएपनि ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिस्य देख्दै बिस्वका विभिन्न सहरहरुमा भएका नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् ।

तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु बिकल्प सोच्नै सकिरहेका छैनन।
अब यिनै आशाहरु पनि लामो समय टिक्न सक्ने अवस्था छैन । राजनीतिक दल बिचको प्रतिस्पर्धाले निर्दोष जनताले दु ख पाउन सुहाउँछ र ?? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा

एकपटक तपाईं आफै आत्मासमिक्षा गर्नूहोस कि हिजोका दिनमा प्रचण्ड भनेपछि मरिहत्ते गर्ने दूखी, गरीब , सहिद परिवार , बेपत्ता परिवार,घाइते जन,ज्यालामजदुरि काम गरिखाने मजदुर दलित निम्न वर्ग भनिने सबै र सूकूम्बासी किन प्रचण्ड प्रति यति रूस्ट छन् ? हिजोसम्म कम्युनिस्ट भनेर चिनिने उनलाई आज यिनैले गद्दार,दलाल र पूजिपतीको नाम किन दिदैछन ?

पहिले आफू स्थापित हुनलाई सोझा साझा जनतालाई भिडाउछन ,आफू पदमा पुगेपछि कुर्सीकै तानाखिची गर्छन्,दु:खमा त कहाँ आउँछन् र चुनावमा मात्रै आउँछन्,भन्ने जस्ता केही नकारात्मक टिका टिप्पणीहरु पनि सामाजिक सञ्जालमा भेटिरहेको छु । यी सबैलाई आत्मासाथ गर्नुहुने छ भन्ने बिश्वास लियको छु।

जहाँ अन्याय हुन्छ त्यहा बिद्रोह हुनू स्वभाविक कूरा हो । जसलाई नेपाली जनताले गरेका विभिन्न आन्दोलनले स्पष्ट पारिसकेका छन ।

सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिस्य देख्दै बिस्वका विभिन्न सहरहरुमा भएका नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् । तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली मजदुर किसान बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु बिकल्प सोच्नै सकिरहेका छैनन् । चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ ।

चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ । तपाईंसँग नेपालका अन्य नेतृत्वहरुसँग भन्दा धेरै र प्रभावकारी अनुभव छ । सबै भन्दा बलियो आधार तपाई संग सहिद , बेपत्ता एबम घाइते योद्धाहरु संग भावना जोडिएको छ ,जनता सँग तपाईंप्रतिको बिश्वास पनि बढेको छ ।अब म तपाइको क्षमता माथि प्रश्न गर्न चाहन्न । हिजो तपाईंको साथमा हुनू भएका क. किरण टुटनु को कारण पत्ता लगायर एकताका साथमा लाग्नू भए धेरै उत्तम हुनेथियो ।

काम गर्दा पनि कहिँ न कहिँबाट नकारात्मक टिप्पणी त आइनै हाल्छ्न। तर यो समय सबै आलोचनालाई पन्छ्याएर अगाडी बढ्नु पर्ने समय रहेछ । जनताको दु:खमा भौगोलिक विकटतामा , दलित , पिछडिएको बर्ग सबैलाई समतामूलक व्यबहार गर्दै सूखी र खूसी नेपालीको परिकल्पना स्वोरोजगारको सिर्जना विभिन्न कलाकारखाना खोली नेपालको कायापलट गर्ने अभियानसहित तपाइको महत्त्वपूर्ण सहभागिता देख्न पाउने आशा गर्दछु ।
(तेज बिक्रम वली- लेखक  सहिद दुर्गे वली ( जुनकीरी ) का छोरा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन लुम्बिनी प्रदेश एवम् अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय सदस्य हुन ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?