ट्रेन्डीङ्ग

सुनवलमा असोज १ गते खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने

सुनवल । सुनवलमा तिजको अवसरमा असोज १ गते तेस्रो नगर स्तरीय खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने भएको छ ।

सुनवल डान्स एकेडेमी तथा सहकार्य इभेन्ट्स आयोजना र सुनवल नगरपालिकाको सहकार्यमा संस्कृति जर्गना र संरक्षण गर्नका लागि तिजको दिन अर्थात असोज १ गते आइतबार तेस्रो नगर स्तरीय खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने सहकार्य इभेन्टस सिइओ प्रदिप अर्यालले जानकारी दिए ।

नृत्य प्रतियोगितामा प्रथम १५ हजार पुरस्कार, दोस्रो १० हजार तेस्रो ५ हजार र सान्त्वना पुरस्कार २ हजार सहितको व्यवस्था गरिएको सिइओ अर्यालले बताए ।

प्रतियोगिता सुनवल चौराहा सि गेटमा हुने आयोजकले जनाएको छ । कार्यक्रमलाई मुख्य प्रयोजन सन्दिप सुन एन्ड चादि पसल र सहप्रायोजन नेको कोरियन इन्सिट्युट र पाथ वे इन्टेल एजुकेसन कन्सल्टेन्सिले गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal