
काठमाण्डाै । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङका अनुसार बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको हो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु र गाडीबीच बाटोमा नै रोकिएका छन् ।
नारायणगढ-मुग्लिन सडक खण्ड पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर