ट्रेन्डीङ्ग

परासीमा बजार अनुुगमन , म्याद गुज्रिएका सामाग्री भेटिए

परासी । पश्चिम नवलपरासीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । आज सदरमुकाममा परासीमा बजार अनुगमन उपसमितिले किराना पसल, रेष्टुरेन्ट र मेडिकलको अनुगमन गरेको हो ।

सो क्रममा किराना पसलमा म्याद गुज्रिएका मसला, माजा जुस, चाउचाउ लगायत खाद्यान्न सामाग्रि विक्रि गरिरहेको पाईएको छ । साथै पसलमा मुल्य सुची नभएको,दर्ता नगरीएका नगरीएका,उपभोक्तालाई बिल दिने नगरेको,सरसफाईमा ध्यान नदिएको पाईएकाले तत्कालै सुधार गर्न सुझाव दिईएको अनुगमन उपसमिति संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिए ।
अनुगमन उपसमितिले जफत गरिएको सामाग्रि संकलन गरि नियन्त्रणमा लिएको छ ।

पौडेलको नेतृत्वमा भएको अनुगमनका क्रममा जिल्ला प्रशासन र प्रहरी कार्यालयका कर्मचारी , उद्योग वाणिज्य संघ , उपभोक्ता हित संरक्षण मंचका प्रतिनिधि , पत्रकार लगाएतको सहभागिता रहेको घरेलु कार्यालयका मनोज चौधरीले बताए ।


हिजो मात्रै परासीमा बसेको सरोकारवाला बिचको छलफलले चाडपर्वलाई केन्द्रित गरेर बजार अनुगमनलाई तिव्रता दिने निणर्य गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal