![](https://safalpost.com/wp-content/uploads/2023/09/374975807_697755775149116_9072699371259896721_n.jpg)
सुनवल।सुनवल नगरपालिका स्तरिय अन्तर मा.वि तिज गित प्रतियोगीता २०८० महाकवि देवकोटा नमुना मावि सुनवल-४ मा सम्पन्न भएको छ ।
महाकवि देवकोटा नमुना माविको अयोजना तथा सुनवल नगरपालिकाको प्राविधिक सहयोगमा अन्तराष्ट्रिय साक्षरता दिवस र तिजको अवसर पारेर तिज गित प्रतियोगीता गरिएको हो।
प्रतियोगितमा जनसेवा मावि विसासय प्रथम,ज्योती मावि असनौया दोस्रो र प्रगती मावि स्वाठि तेस्रो भएको विद्यालयका प्रअ खेमलाल जोशी शर्माले जानकारी दिए।त्यस्तै रमवापुर मावि रमवापुर र वाक्वाणी मावि जर्गाहाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन।
प्रतियोगीतामा प्रथम स्थान हासिल गर्ने विद्यालयले ५ हजार दोस्रो स्थान हासिल गर्ने विद्यालयले ३ हजार र तेस्रो स्थान हासिल गर्ने विद्यालयले २ हजार प्राप्त गरेका छन भने सान्त्वना स्थान हासिल गर्ने दुई विद्यालयले १/१ हजार रुपौया प्राप्त गरेका छन।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि सुनवल नगरपालिकाका नगर उप्रमुख सुर्य प्रसाद दुवेको प्रमुख आतिथ्यता रहेको थियो भने समापन सत्रमा सुनवल नगरपालिका नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सोहि अवसरमा भारतिय आर्मिबाट सेवा निवृत भई ५५ बर्षको उमेरमा कक्षा १२ पास गर्नुहुने हरिवहादुर खत्रिलाई महाकवि देवकोटा नमुना माविले दोसल्ला र मायाको चिनोले सम्मान गरेको विद्यालयले जनाएको छ।
राष्ट्रिय लोक दोहोरीगित प्रतिष्ठान नवलपरासीका अध्यक्ष श्यामकला भण्डारी,निवर्तमान अध्यक्ष भरत क्षेत्री र पुर्व अध्यक्ष महेन्द्र रेग्मी निणार्यक रहनुभएको तिज गित प्रतियोगीतामा सुनवल नगरपालिका भित्रका १३ विद्यालयको सहभागिता रहेको थियो।
तिज गित प्रतियोगीतामा सुनवल नगरपालिका शिक्षा शाखा अधिकृत पशुपति भट्टराई लगाएत शैक्षिक एवं वौद्धिक व्यक्तित्व र विद्यार्थीहरुको वाक्लो उपस्थीति रहको कार्यक्रमको संचालन महाकवि देवकोटा नमुना मा.विकी शिक्षिका एवं कार्यक्रम संयोजक हेमा न्यौपानेको संचालनमा भएको थियो ।